आज पहाडी तथा हिमाली केही स्थानमा वर्षाको सम्भावना

by समतल अनलाइन
60Shares

काठमाडौं । आज मंगलबार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

दिउँसो पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका एक/दुई स्थानमा वर्षा हुन सक्ने जनाइएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बदली रहनेछ । बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि मौसम बदली रहनेछ भने अन्य पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा पनि यस्तो मौसमीय गतिविधि देखिन सक्ने बताइएको छ।

सम्भावित चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

You may also like

This will close in 0 seconds