लुम्बिनी प्रदेशकी एमाले सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

by समतल अनलाइन
62Shares

काठमाडौं । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्मालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालको इजलासले सांसद शर्मालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनी गएराति काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेकी थिइन् ।

काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेपछि उनीविरुद्ध महानगरले मुद्धा दायर गरेको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको र जाहेरी दिएपनि सांसद शर्मालाई प्रहरीले पक्राउ गरेको थिएन । त्यसपछि २०८१ को माघमा महान्यायाधिवक्ता कार्यालयबाट शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि यो विषय त्यति बेला सकिएको थियो ।

सो समय काठमाडौँ महानगरका मेयर रहेका बालेन शाहले सामाजिक सञ्जालमा उद्धार गरिएकी बालिकालाई सम्बोधन गर्दै एक दिन समय आउने पोष्ट गरेका थिए । अहिले आफु प्रधानमन्त्री हुनासाथ बालेनले सांसद शर्माविरुद्ध कारवाही अगाडी बढाएका छन् ।

You may also like