90
गुल्मी । गुल्मीमा चट्याङ लागेर तीन जना महिला घाइते भएका छन्। शुक्रबार मालिका गाउँपालिका–२ दर्लिङ्गमा परेको चट्याङका कारण उनीहरू घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार घाइते हुनेमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का रहेका छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनी बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको छ।
घटनापछि प्रहरी चौकी पौंदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूको प्रारम्भिक उपचार लुम्बिनी वामी अस्पताल, वामीटक्सारमा गरिएको थियो। उक्त घटनामा चट्याङकै कारण सोही स्थानमा तीन वटा बाख्रा पनि मरेका छन्।


