पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु

by समतल अनलाइन
71Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

विभागका अनुसार अहिले तराई भू–भागका थोरै स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल देखिएको छ।

आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

त्यसैगरी आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने अन्य भू–भागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

You may also like