पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
61Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
विभागका अनुसार तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यसैगरी आज राति तराईका थोरै स्थानमा हुस्सु रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका उच्च भू–भागमा भने एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।

You may also like