61
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
आज दिउँसो पनि तराईका केही स्थानमा हुस्सु/कुहिरो रहन सक्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।



