डिजेल–मट्टितेलको मूल्य ३ रुपैयाँले बढ्यो

by समतल अनलाइन
72Shares

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। नयाँ मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने हालका लागि परिवर्तन गरिएको छैन।

यस्तै, हवाई इन्धनको मूल्य आन्तरिक उडानका लागि प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा प्रतिकिलो लिटर ७ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय उडानका लागि भने ब्रेकइभन पोइन्ट अनुसार मूल्य कायम गरिएको छ।

You may also like