काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समुह निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।
आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वाच्च अदालत पुगेको हो ।
नेता पूर्णबहादुर खड्कासहितका नेताहरु रिट निवेदन सर्वोच्चले दर्ता गरेको छ । उनीहरुले आजै रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरेपनि सर्वोच्च प्रशासनले अस्वीकार गरेको छ । सर्वोच्च प्रशासनले कानुन अनुसार आजै रिट दर्ता गरेर आजै पेशी तोक्न नसकिने जवाफ फर्काएको थियो । देउवा पक्षको रिट दर्ता भएको छ भने मंगलबार पेसी तोकिने छ ।
रिटमा पार्टीको विधान विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको भन्दै विशेष महाधिवेशन अवैधानिक कायम गर्न माग गरिएको छ ।
सोमबार सार्बजनिक बिदा भएकोले र मंगलबार फागुन २१ मा हुने प्रतिनिधि सभाको उम्मेदवार मनोनयन दर्ता गर्ने दिन रहेको छ र सोहि दिन यो रिटको सुनुवाई हुने छ ।
सर्वोच्चमा देउवा पक्षका नेताहरु खड्कासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, मीन विश्वकर्मालगायत नेताहरू पुगेका थिए । आज रिट लिएर जाने नेताहरुमा डा. शेखर कोइराला पक्ष भने अनुपस्थित रहेको थियो ।



