बुटवल ।३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नमस्ते नेपाल लुम्बिनी प्रदेशले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अध्यक्ष मनिश भुसाल कार्यसमिति सदस्यलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष अर्जुन खरेलले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै उहाँकै नेतृत्वमा एकीकृत भएको नेपाल आज हाम्रो पहिचान र अस्तित्वको आधार भएको बताउनुभयो।
उहाँले राष्ट्रिय एकता, सार्वभौमिकता र स्वाधीनताको संरक्षणका लागि सबै नागरिक सचेत र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
दीप प्रज्वलनमार्फत पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सम्मानपूर्वक स्मरण गरिएको आयोजकले जनाएको छ। राष्ट्रियता, आत्मनिर्भरता र स्वाधीनताको भावना सुदृढ गर्न यस्ता कार्यक्रम प्रभावकारी



