पृथ्वीजयन्तीमा राप्रपा बुटवल नगर समितिद्वारा दीप प्रज्वलनसहित सुभकामना कार्यक्रम सम्पन्न

by समतल अनलाइन
102Shares

बुटवल ।३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना आदान–प्रदान, दीप प्रज्वलन तथा चियापान कार्यक्रम बुटवलमा सम्पन्न भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल नगर समितिको आयोजनामा कालिकानगरस्थित होराइजन चोकमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य तोयानाथ लम्सालले पृथ्वीनारायण शाहले स्थापना गरेको एकीकृत नेपाल आजको राष्ट्रिय पहिचानको आधार भएको उल्लेख गर्दै राष्ट्रियता, सार्वभौमिकता र एकताको भावनालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभयो।

कार्यक्रममा बोल्दै राप्रपा बुटवल नगर समितिका अध्यक्ष लक्ष्मण श्रेष्ठले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता र पहिचान जोगाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्दै उहाँको दूरदर्शी नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राप्रपा बुटवल नगर संगठन विभागका संयोजक कमल प्रकाश भुसालले राख्नुभएको थियो। उहाँले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले राष्ट्रिय चेतना अभिवृद्धि गर्ने बताउनुभयो।

कार्यक्रम अन्तर्गत साँझ दीप प्रज्वलनसमेत गरिएको थियो। कार्यक्रमको समापन चियापानसँगै गरिएको थियो।

You may also like