आनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न सरकारलाई आयोगको ध्यानाकर्षण

by समतल अनलाइन
64Shares

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचारको छानविन र कारवाही गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखी विगत १० दिनदेखि काठमाडौँको माइतिघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विहिबार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको बताउदै आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भिर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको बताएका छन् ।

आयोगले निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्याउन र उनीहरूको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

You may also like