रुपन्देहीमा जिल्ला स्तरीय एकदिने र्‍यापिड चेस प्रतियोगिता सम्पन्न

by समतल अनलाइन
73Shares

रुपन्देही जिल्लामा जिल्ला स्तरीय एकदिने र्‍यापिड चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

लुम्बिनी वर्ल्ड स्कुल र लुम्बिनी चेस एकेडेमीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयका ८८ जना खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिता अन्डर–१६, अन्डर–१३ र गल्र्स गरी तीन विधामा सञ्चालन गरिएको थियो र खेलाडीहरूबीच कडा प्रतिस्पर्धा देखिएको थियो, जसले जिल्लामा चेस खेलप्रतिको बढ्दो उत्साहलाई देखाएको आयोजकले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चेस संघका केन्द्रीय उपाध्यक्ष रहनु भएको थियो भने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर अशोक भण्डारी, कार्यक्रम संयोजक शिखर रेग्मी तथा कार्यक्रम सञ्चालकले आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। लुम्बिनी वर्ल्ड स्कुलका प्रधानाध्यापक विष्णु ढकालले रुपन्देहीमा चेस खेलको विकास र प्रवर्द्धनमा विद्यालयले सक्रिय भूमिका खेल्ने बताउनुभयो।

प्रतियोगिता मुख्य निर्णायक मिशन बास्कोटाको नेतृत्वमा ५ राउण्डको स्विस लिग प्रणालीमा सञ्चालन गरिएको थियो र प्रत्येक विधाबाट उत्कृष्ट ५–५ जना खेलाडीलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। अन्डर–१६ समूहमा साइरस बज्राचार्य प्रथम, लाकास पौडेल दोस्रो, सुपर श्रेष्ठ तेस्रो, आशुतोष उपाध्याय चौथो र भावेश डंगोरिया पाँचौँ भएका छन् भने अन्डर–१३ समूहमा सार्थक श्रेष्ठ प्रथम, शेखर रिजाल दोस्रो, आरोन आचार्य तेस्रो, ऋषिकेश ढकाल चौथो र ऋषोन थापा मगर पाँचौँ भएका छन्।
गल्र्स समूहतर्फ सन्जिमा क्षेत्री प्रथम, लिरिक्स थापा दोस्रो, बिनाचौरसिया तेस्रो, जेनिशा अर्याल चौथो र रिदिमा क्षेत्री पाँचौँ भएका छन्। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई समेत सम्मान गरिएको थियो र समग्रमा प्रतियोगिता अत्यन्तै सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

You may also like