कुशुम बहुउद्देश्यीय सहकारी बुटवल शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

by समतल अनलाइन
63Shares

बुटवल । कुशुम बहुउद्देश्यीय सहकारी संस्था लि. बुटवल शाखाको चौथो वार्षिक साधारणसभा रूपमा सम्पन्न भएको छ।

पाल्पाबाट सुरुवात भएको यस सहकारीले क्रमशः आफ्नो सेवा क्षेत्र विस्तार गर्दै हाल गुल्मी र रुपन्देही जिल्लामा समेत सेवा प्रवाह गर्दै आएको छ।

सहकारी स्थापना गर्दा ४३ जना युवाहरूको सक्रिय पहलमा २१ लाख ५० हजार रुपैयाँ शेयर पूँजीबाट संस्थाको सुरुआत गरिएको थियो। सीमित पूँजी र थोरै सदस्यबाट सुरु भएको सहकारीले छोटो समयमा उल्लेखनीय प्रगति गरेको अध्यक्ष केशवराज ढकालले जानकारी दिनुभयो।

हाल सहकारीमा १ हजार ८ सय जना शेयर सदस्य आबद्ध रहेका छन्। सहकारीको वर्तमान शेयर पूँजी २ करोड ४१ लाख १ हजार ६१ रुपैयाँ पुगेको छ भने ४ करोड ४८ लाख ९९ हजार ३७ रुपैयाँ कर्जा लगानी गरिएको छ।

साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। सदस्यहरूले प्रतिवेदनमाथि छलफल गर्दै सुझावसमेत दिएका थिए।

कार्यक्रममा सहकारीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने शेयर सदस्य तथा व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा रिक्कु लिगल, अगनिज शर्मा, पार्वती पोखरेल, हुमा कुमारी काफ्ले, सुमित्रा पोखरेल, रिना भारी, लक्ष्मी आचार्यलगायत रहेका छन्।

त्यसैगरी प्रमुख अतिथि सहकारी विज्ञ केशव प्रसाद खनालले सहकारीको सफलताका लागि सुशासन, अनुशासन र सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य हुने बताउनुभयो। उहाँले सहकारीलाई जोखिम व्यवस्थापनमा सचेत रहँदै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो।

त्यस्तै कार्यक्रममा अध्यक्ष केशवराज ढकालले सहकारीलाई सदस्य–केन्द्रित, पारदर्शी र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहकारीले केवल बचत र ऋणमा मात्र सीमित नभई उत्पादनशील र रोजगारी सिर्जना गर्ने क्षेत्रमा ध्यान दिने बताउनुभयो।

साधारणसभामा समाजसेवी फटिक केशी र संस्थापक संयोजक रामजी ढकालले शुभकामना मन्तव्य राख्दै सहकारीले युवाहरूलाई एकताबद्ध गर्दै आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रमको सञ्चालन सह–सचिव राजकुमार दाहालले गर्नुभएको थियो। साधारणसभामा बुटवलसहित आसपासका क्षेत्रबाट ठूलो संख्यामा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

You may also like

This will close in 0 seconds