सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा

by समतल अनलाइन
85Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार सुन तोलाको २ लाख ६७ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले बढेर ४५६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिबार चाँदी तोलाको ४४०० मा कारोबार भएको थियो ।

You may also like

This will close in 0 seconds