रास्वपाको समानुपातिक सूचीका लागि प्राइमरी भोटिङ हुँदै

by समतल अनलाइन
75Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ ।पार्टी प्रवक्ता मनिष झाले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ र ‘शून्य समय’ कार्यक्रममार्फत उम्मेदवारका आकांक्षीहरूको प्रस्तुति राखिने जानकारी दिए।

दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने छ। झाका अनुसार देशभरबाट निवेदन दिएका करिब ४०० आकांक्षी यस प्रक्रियामा सहभागी छन्। तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ।

उनले पुस ५ गते भएको छलफलमा विशेष कारणले सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताए।

प्रारम्भिक निर्वाचनबाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहरालाई दिइएको छ। आवश्यकताअनुसार पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रक्रियाको अनुगमन गर्ने बताइएको छ।

प्रवासमा रहेका उम्मेदवारका आकांक्षीहरूको मूल्यांकन भने ‘भर्चुअल’ माध्यमबाट गरिने जनाइएको छ।

You may also like

This will close in 0 seconds