72
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। हाल तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको विभागको जानकारी छ।
तराई क्षेत्रमा लागेको कुहिरोका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने विभागले चेतावनी दिएको छ।
आज दिउँसो तराईका भू–भागमा हुस्सु तथा कुहिरो यथावत् रहनेछ। कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि तराईका भू–भागमा हुस्सु रहनेछ। कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही अन्य पहाडी र हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।





