मध्यराति एउटै कारमा बाहिरिए रवि र बालेन, भेट गराउने असिम शाह भन्छन् : कथाको सुखद् सुरुवात

by समतल अनलाइन
77Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच झण्डै ६ घण्टा वार्ता भएको छ ।

सोमबार राति रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित घरमा यी दुई नेताबीच लामो छलफल भएको हो ।

वार्तापछि पूर्वसांसद भेटवार्ता सुखद् भएको बताएका छन्। यो भेटको प्रबन्ध मिलाएका साहले फेसबुकमा ‘कथाको सुखद् सुरुवात भएको’ बताएका हुन्।

रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता असिम शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन(दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई !’

You may also like