45
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
स्रोतका अनुसार भेटवार्ता अहिले पनि जारी छ । स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा वान टु वान वार्ता भइरहेको छ । राजनीतिक विषय र भावि योजनाका विषयमा दुईबीच छलफल जारी रहेको बताइएको छ ।
शनिबार जेलमूक्त भएपछि लामिछानेले राजनीतिक सक्रियतालाई तीव्रता दिएका छन् ।
मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेन र रास्वपा उपसभापति डिपी अर्याल पनि वार्तास्थरमा रहेका छन् ।




