55
काठमाडौं । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइदै छ ।
हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ । अन्तर्राष्ट्रिय रूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौँको बसन्तपुर डबलीमा विशेष कार्यक्रम गरेर राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।
१९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको छ ।


