चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा

by समतल अनलाइन
66Shares

काठमाडौं।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ । नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने पनि उल्लेख गरेका छन् ।

‘साथीहरूको जिज्ञासा मेरो धारणा । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,’ नेता भण्डारीले लेखेका छन्, ‘देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु ।’

साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने उनले उल्लेख गरेका छन् ।

१४औं महाधिवेशनमा भण्डारी कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका नेता भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवार थिए । उपसभापतिको दौडमा १ हजार ५८० मत पाएर भण्डारी चौथो भएका थिए ।

You may also like

This will close in 0 seconds