कालिका मानवज्ञान माविको ६५औँ वार्षिकोत्सव सुरू, आन्तरिक खेलकुद प्रतियोगिता उद्घाटन

by समतल अनलाइन
19Shares

बुटवल। देशकै सर्वोत्कृष्ठ सामुदायीक विद्यालयको रुपमा रहेको कालिका मानवज्ञान मावि बुटवल–१० रुपन्देहीको ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसका आन्तरिक तर्फका खेलकुद का कार्यक्रम शुभारम्भ गरिएको छ । सोमबार सेक्टर–१ कालिका नगरमा एक विशेष कार्यक्रमको आयोजना गरी बुटवल उपमहानरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले कार्यक्रमको शुभारम्भ गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका पियाले खेलकुदले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई राष्ट्रियकरण समेत गर्न सक्ने धाराण राखेका थिए । उनले विद्यालय स्तरबाट खेलकुद जन्य गतिविधीलाई बढावा दिनु आफैमा राम्रो कार्यको सुरुवात भएको समेत बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा विद्याखलयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, पिताम्बर बन्जाडे सहित कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन, मानविकी संकाय विहिनी र दिवा समुहका ईन्चार्जहरुको समेत सहभागीता रहेको थियो ।

विद्यालयको ६५ औ बार्षिक उत्सवको अवसर मंसिर २३, २४ र २५ गते आन्तरिक खेलकुद प्रतियोगीता आयोजना हुने छन् । जसमा लङ जम्प, हाई जम्प, दौड २०० मिटर, ३०० मिटर, ४०० र ८००० मिटर सहित छात्रछात्रा कवड्डी प्रतियोगीता, भलिवल प्रतियोगीता आयोजना गरिएको हो । यसको साथै विद्यालयको आयोजनामा जिल्ला स्तरिय कालिका कप खेलकुद प्रतियोगीता समेत आयोजना हुँदै छ । जसमा छात्र छात्रा भलिवल प्रतियोगीता, जिल्ला स्तरिय कबड्डी प्रतियोगीता समेत आयोजना हुने विद्यालयका खेलकुद संयोजक ओम सारुले जानकारी दिए ।

भलिवल र कबड्डीमा सहभागी विद्यालय मध्ये प्रथम हुनेले ३० हजार मेडल, कप र प्रमाणपत्र ट्राफि र द्धितिय टिमले २० हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफि र तृतिय विद्यालयले १० हजार नगद सहित मेडल, प्रमाणपत्र, ट्रफि पाउने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी दिए । जुन प्रतियोगीता पुस १ देखि ५ गते सम्म चल्ने छन् । विद्यालयको बार्षिक उत्सव ६ गते छात्रवृत्ती वितरण सहित सम्मान कार्यक्रम सेक्टर २ रामनगरमा हुने छ भने मुल समारोह ६ गते कालिकानगर सेक्टर १ मा मा हुने छ ।

You may also like

This will close in 0 seconds