दाङको लमहीमा सुनचाँदी पसलमा गोली प्रहार, सञ्चालक घाइते

by समतल अनलाइन
85Shares

बुटवल । दाङको लमहीमा गोली चलेको छ ।लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा शनिबार दिउँसो गोली चलेको हो । जहाँ पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते छन् ।

घाइते भएका उनको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए । लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान जारी रहेको उनले बताए ।

You may also like

This will close in 0 seconds