सुदूरपश्चिमलाई हराउदै विराटनगर दोस्रो स्थानमा उक्लियो

by समतल अनलाइन
59Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्स दोस्रो स्थानमा उक्लिएको छ। शनिबार सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै विराटनगरले प्लेअफमा पहिलो क्वालिफायरको स्थान सुनिश्चित गरेको हो।

१४८ रनको लक्ष्य पछ्याएको विराटनगरले ११.५ ओभरमै ४ विकेटको क्षतिमा जित निकाल्यो। साम हीजलेटले ५१ तथा फाफ डुप्लेसिसले ५० रनको योगदान दिए। मार्टिन गप्टिलले २२ रन जोडे। सुदूरपश्चिमका अविनाश बोहोराले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटमा १४७ रन बनायो। आरिफ सेखले ४५, इशान पाण्डेले ३८ र जोश ब्राउनले २४ रन जोडे। विराटनगरका सन्दीप लामिछानेले ३ विकेट लिए भने प्रतिस जिसीले २ र बसिर अहमदले १ विकेट लिए।

यस जितसँगै दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच इलिमिनेटर खेल हुनेछ।

You may also like

This will close in 0 seconds