सुदूरपश्चिम र काठमाडौँसँगै विराटनगरपनि एनपीएलको प्लेअफमा

by समतल अनलाइन
70Shares

काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा अब प्लेअफ समीकरण झनै स्पष्ट बन्दै गएको छ । बिहीबारका खेल परिणामसहित तीन टोलीले प्लेअफमा आफ्नो स्थान पक्का गरेका छन् ।

६ खेलमै लगातार जित निकाल्दै १२ अंक जोडेको सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा रहेको छ । यस्तै लिग चरणका सातै खेल सकाएर १० अंकसमेत बटुलेको काठमाडौँ गोर्खाजले दोस्रो स्थान सुरक्षित गर्दै प्लेअफ यात्रा सुनिश्चित गरिसकेको छ । त्यस्तै ६ खेलमा ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको विराटनगर किंग्सले पनि अन्तिम चारमा प्रवेश गरेको छ ।

अब बाँकी एक स्थानका लागि प्रतियोगिता खुला रहँदै अन्य टोलीबीच कडा प्रतिस्पर्धा छ । शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने महत्त्वपूर्ण भिडन्तले प्लेअफको अन्तिम चित्र बनाउनेछ । सो खेलमा लुम्बिनी विजयी भएमा चौथो स्थान कब्जा गर्दै प्लेअफमा प्रवेश गर्नेछ, जबकि जनकपुर पराजित भएमा साथै अन्य सबै टिम बाहिरिनेछन् । हाल प्राविधिक रूपमा कर्णाली याक्स मात्र प्लेअफ दौडबाट बाहिर भइसकेको छ ।

You may also like

This will close in 0 seconds