नारायणघाट–बुटवल सडक विस्तारको भौतिक प्रगति ७६ प्रतिशत

by समतल अनलाइन
35Shares

नवलपरासी।नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक थपिएको म्यादभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ अहिले निर्माण कार्यलाई तीव्रता दिइएको छ।

उनका अनुसार पछिल्लो पटक थपिएको म्याद २०८३ असारमा सकिनेछ। उपलब्ध समयभित्रै काम सकाउनका लागि सबै खण्डमा द्रुत गतिमा काम भइरहेको उनले बताए।

पुल तथा कालोपत्रको अन्तिम चरणको काम

पूर्वी खण्डअन्तर्गत गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल, र दुम्किबास क्षेत्रमा कालोपत्रको काम बाँकी छ। अरु अधिकांश स्थानमा कालोपत्र सकिएको छ। चोरमारा र अरुणखोला पुल सञ्चालनमा आउन बाँकी भएकाले ती स्थानमा पनि काम तीव्र रूपमा जारी छ।

कालोपत्र सकिएका बजार क्षेत्रमा सर्भिस लेन कालोपत्रको काम भइरहेको छ। साथै सडकबीचको डिभाइडर सफाइ, र पहिले तोकिएकोभन्दा पातलो भएका स्थानमा थप कालोपत्र गर्ने काम पनि जारी छ।

दाउन्ने क्षेत्रमा प्राथमिकता

पूर्व खण्डकै महत्त्वपूर्ण दाउन्ने क्षेत्रमा कामलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको सूचना अधिकारी खनालले बताए। दाउन्नेमा कल्भर्ट निर्माण अन्तिम चरणमा छ भने चैतभित्र नै सडक ढलानसहितका बाँकी काम सक्ने योजना रहेको उनले बताए।

“दाउन्नेमा कामलाई गति दिएका छौँ, चैतसम्ममा आयोजना बचेको १४ प्रतिशत काम पनि पूरा हुन्छ,” खनालले भने।

You may also like

This will close in 0 seconds