चितवनमा होटलको छतबाट खसेर छात्राको मृत्यु

by समतल अनलाइन
58Shares

चितवन।रत्ननगर नगरपालिका–६ स्थित पार्क साइट होटलको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति होटलको छतबाट खसेर गम्भीर घाइते भएकी १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा ज्यान गएको हो।

सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी पाख्रिन शैक्षिक भ्रमणका लागि चितवन पुगेकी थिइन्। छतबाट खस्दा गम्भीर घाइते भएकी उनलाई तत्कालै बकुहर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचार चलिरहेको बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

You may also like

This will close in 0 seconds