बुटवल बाइकर्जको प्राङ्गणमा यामाहाको ‘ब्लू फेस्ट’ सुरु, एक्सचेन्जमा ५० हजारसम्म मूल्यांकन

by समतल अनलाइन
79Shares

बुटवल । बुटवल बाइकर्जको प्राङ्गणमा नेपालकै सबैभन्दा ठूलो भनिएको ‘यामाहा ब्लू फेस्ट’ सुरु भएको छ। एमएडब्लुए डब्लु एंटरप्राइजेसले सञ्चालन गरेको यो विशेष एक्सचेन्ज, फाइनान्स र ग्राहक अनुभव केन्द्रित कार्यक्रम मंसिर १७ गतेदेखि २२ गतेसम्म चल्नेछ।

मेलामा कुनै पनि यमाहा बाइक एक्सचेन्ज गर्दा न्यूनतम ५० हजार रुपैयाँसम्म मूल्यांकन उपलब्ध गराइनेछ। त्यस्तै अन्य कुनै पनि ब्रान्डका बाइक ल्याएमा २५ हजार रुपैयाँसम्म न्यूनतम मूल्यांकन गरिने जनाएको छ। अन्य ब्राण्डका बाइकको एक्सचेन्जका लागि भने ट्याक्स क्लियरेन्स अनिवार्य रहनेछ।

फेस्टअन्तर्गत ग्राहकले पाउने प्रमुख सुविधाहरूमा १० हजार रुपैयाँको अतिरिक्त भ्यालु एडिसन, नयाँ बाइक किन्नेहरूका लागि ६ हजार रुपैयाँ क्यास डिस्काउन्ट, तथा फाइनान्स योजनामा ७.९९% ब्याजदर प्रमुख आकर्षण बनेका छन्।

‘विचारै सहारा’ योजनामा गारन्टर, होम भिजिट वा इनकम स्टेटमेन्ट आवश्यक नपर्ने सुविधा उपलब्ध गराइएको छ, जसमा ग्राहकले दुई चरण पूरा गरेपछि सजिलै फाइनान्स प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
फेस्टमा सहभागी हुने ग्राहकलाई फ्री हेल्मेट पनि प्रदान गरिने छ।

यामाहाका लोकप्रिय मोडेलहरू—FZ, MT Series, Aerox, R-Series लगायतका मोटरसाइकल तथा स्कुटरहरू प्रदर्शनीमा राखिएका छन्।

कार्यक्रम बुटवल–कालिका नगरस्थित बाइकर्ज बुटवल प्रा.लि. मा जारी रहेको छ।

अधिक जानकारीका लागि ९८०९०१९५०० , ९८०९०१९२०५ र ९८०९०१९५०० नम्बरमा सम्पर्क गर्न सकिने छ

You may also like

This will close in 0 seconds