लुम्बिनी विकास कोषका सदस्य–सचिवमा दीपक श्रेष्ठ, औपचारिक रूपमा पदभार ग्रहण

by समतल अनलाइन
63Shares

काठमाडौं ।लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य–सचिव दीपक श्रेष्ठले बुधबार दिउँसो कोषको केन्द्रीय कार्यालयमा हाजिरी गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले श्रेष्ठलाई सदस्य–सचिवमा मनोनयन गरेको केही दिनमै उनले कार्यभार ग्रहण गरेका हुन्।

श्रेष्ठले आफ्नो करियर नागरिक उड्डयन प्राधिकरणबाट सुरु गरेका थिए। सोअघि उनले २०६७ सालमा नेपाल खानेपानी संस्थानमा प्रवेश गरी बनेपा र धरान शाखा प्रमुखका रूपमा काम गरे। त्यसपछि २०७० सालमा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भई करीब आठ वर्षसम्म भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा सक्रिय भूमिकामा रहे।

अख्तियार र खानेपानी संस्थान दुवैबाट उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएका श्रेष्ठ पछिल्लो समय खानेपानी संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुखका रूपमा कार्यरत थिए। लुम्बिनी विकास कोषमा नियुक्ति पाएको उनले आफूलाई दिइएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

You may also like

This will close in 0 seconds