अर्घाखाँचीको रास्वपा पार्टी कार्यालयमा तोडफोड

by समतल अनलाइन
349Shares

अर्घखाँचीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय तोडफोड गरिएको छ। हिंजोदेखी ‘जेन-जी’ ले गरिरहेको प्रदर्शन आज थप सशक्त बनेपछी युवायुवती तथा विद्यार्थीहरुले सन्धिखर्कको मञ्चलाईनमा रहेको रास्वपा पार्टी कार्यालय तोडफोड गरेका हुन्।

दुई-दुई पटक सरकारमा गएर युवाहरुको मनोभावना अनुसार काम गर्न नसकेको भन्दै आक्रोशित भिडले पार्टी कार्यालयमा क्षती पुर्याएका हुन्।

आज बिहानैदेखी जिल्लामा प्रदर्शन चर्किएको छ। सरकार नरसंहारमा उत्रिएको भन्दै बिहानैदेखी युवायुवती तथा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन्। अर्घाखाँचीका निर्मल सारुको हिंजो काठमाडौंमा प्रदर्शनका क्रममा मृत्यु भएपछी आक्रोश बढेको हो। भक्तीटोल चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रहरी कार्यालय, सन्धिखर्क नगरपालिका हुँदै बजार परिक्रमा गरिरहेको छ।

You may also like