‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र

Shares

आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको यस पोस्टरमा फिल्मका सबै कलाकारलाई स्थान दिइएको छ ।

पोस्टरको फिल्मका शीर्ष कलाकार र बाख्रोलाई विशेष स्थान दिइएको छ । मध्य भागमा नायक सौगात मल्ल र नायिका गरिमा शर्मालाई राखिएको छ । पोस्टरको तल्लो भागमा नोटिस हुने गरी चस्मा लगाइदिएर बाख्रोको तस्बिर राखिएको छ ।

पोस्टरमा शीर्ष कलाकार सौगात, गरिमासहित आशिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायतका ११ कलाकार फिचर्ड छन् ।

यस पोस्टरले फिल्ममा कलाकारहरुले निर्वाह गरेको चरित्र खुलाएको बताएको छ । फिल्मको कथा नेपाली समाजमा बेहुली भित्र्याउँदा जन्तीलाई खुवाइने भोजलाई ‘जन्ते बाख्रो’ प्रचलनमा आधारित रहेको बताइएको छ ।

फिल्ममा कथाले रहस्यात्मक र हाँस्यपूर्ण मोड लिने भएकाले बाख्रोलाई पोस्टरको केन्द्रीय बनाइएको निर्माण पक्षले जनाएको छ । सिमोश सुनुवारको निर्देशन रहेको यस फिल्मको कथा प्रदीप भारद्धवाजले लेखेका हुन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको यस फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

You may also like