बुटवल |पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।
‘जनतासँग माओवादी तराई-मधेश हुलाकी मार्ग अभियान’ अन्तर्गत बुधबार साँझ प्रचण्डसहित नेताहरू रुपन्देही आइपुगेका हुन्।
आज बिहान ५:३० देखि ८:३० सम्म भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवाद कार्यक्रम भयो।
त्यसपछि ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसिएल प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया, र १२ बजे शहीद परिवारसँग भेटघाट तथा सामूहिक भोजन कार्यक्रम छन्।
दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभालाई सम्बोधन गर्ने र ४ बजे कपिलवस्तु जिल्ला समितिलाई हुलाकी अभियानको जिम्मा हस्तान्तरण गर्ने कार्यक्रम तय भएको पार्टी रुपन्देही संयोजक नारायण जिसी (निर्मल)ले जानकारी दिए।