50
बुटवल । बुटवलबाट गुल्मी जाँदै गरेको मोटरसाइकल सिद्धबाबा नजिक सडकबाट करिब ९० मिटर तल खसेर तिनाउ नदीमा पुगेपछि एकजनाको मृत्यु भएको छ।
आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट भिरतर्फ खसेको थियो।
दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्थ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईका अनुसार मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

