काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति गगन थापाले निरन्तरतामा क्रमभंग गरेको टिप्पणी गरेका छन् ।
काँग्रेसको १५औं महाधिवेशनमा शुभकामना दिदै आफुले भन्ने गरेको निरन्तरतामा क्रमभंगता गगन थापाले काँग्रेसमा गरेको बताउदै शुभकामना दिएका थिए । देशको विषम परिस्थितिमा काँग्रेसलाई नयाँ बनाउने जमर्को गरेको भन्दै गगन थापाले अब देशको नेतृत्व गर्ने समय आएको बताए ।
प्रचण्डले लोकतन्त्रका पक्षधरहरुले वरिष्ठ नेताहरुलाई अपमानित नगर्न र सम्मानसहित सबैलाई एक बनाएर देशको नेतृत्व गर्न सुझाव दिएका थिए । उनले देश अहिले अप्ठ्यारोमा रहेको बताउदै सरकारका गतिविधिले देश अझ खतरामा जाने होकी भन्ने चिन्ता रहेको बताए । प्रचण्डले शान्तिप्रक्रियाका टुंगाउन बाँकी रहेका कामहरु टुंगाउन आग्रह गर्दै ति विषय नटुंगिएमा त्यसको परिणमा नराम्रो हुने बताए । उनले अब शान्तिप्रक्रियाका बाँकी काम गगन थापाको नेतृत्वमा पुरा हुने विश्वास व्यक्त गरेका छन् ।
गगन थापाले निरन्तरतामा क्रमभंग गर्नुभयो- प्रचण्ड
18

