स्मरण शक्ति तेज बनाउन रातिमा मस्त सुत्नुहोस्

by समतल अनलाइन

यदि तपाइँ आफ्नो स्मरणशक्ति तिव्र बनाउन चाहनुहुन्छ भने अन्य चिन्ता छाडेर आरामले आफ्नो निद्रा पूरा गर्नुहोस् ।

राम्रो निद्राले नै तपाइँको स्मरण शक्ति बढाउन सहयोग बन्दछ । एक अध्ययनबाट यसको पुष्टि भएको छ ।

अध्ययनअनुसार पूरै दिन व्यक्तिको मानसिक गतिविधि राति निद्रामा मस्तिस्कले पुन दोहोर्‍याउने गर्दछ ।
जसबाट तन्त्र कोशिकाबीच सक्रिय माइक्रोस्कोपिक कनेन्सन बलियो बन्छ ।

निद्राका बेला दोहोरिने गतिविधि मस्तिस्कको हिप्पोक्याम्पस क्षेत्रमा हुन्छ । जो स्मरणलाई सुरक्षित राख्ने केन्द्रीय प्रणाली हो ।

ब्रिस्टल विश्वविद्यालयका मुख्य सोधार्थी ज्याक मेलरले भने, ‘यो निष्कर्ष निद्राका बेला मस्तिस्कमा स्मृतिलाई एकत्रित गर्ने मौलिक प्रक्रियाबारे हो । यो सोधबाट राम्रो निद्रा सुत्नेहरुमा सामान्य व्यक्तिको तुलनामा स्मरण शक्ति बढेर जाने पाइएको छ ।’

 
 
  
 

You may also like