सुनचाँदीको मूल्य घट्यो, सुन तोलाको २ लाख ९९ हजार ५ सय

by समतल अनलाइन
27Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी तोलामा ६० रुपैयाँले घटेर ४ हजार ६ सय २५ रुपैयाँ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

You may also like