प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के विषयमा हुँदैछ छलफल ?

by समतल अनलाइन
401Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सभापति देउवा सोमबार साँझ ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । दुई नेताबीचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले बताएका छन् ।

तर, भेटमा प्रधानमन्त्री र देउवाबीच सरकारमा रहेका मन्त्रीहरूको काम कारबाहीबारे समीक्षा हुने बताइएको छ ।मन्त्रीहरूको समीक्षापछि थप निर्णय लिने तयारीमा प्रधानमन्त्री ओली छन् । कांग्रेस सभापति देउवा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको कार्यक्षमता मूल्याङ्कपछि मन्त्रिपरिषद् हेरफेरका लागि आवश्यक सहमति दिने छन् ।

‘कतिपय मन्त्रीको कार्यक्षमतामा प्रश्न उठिसकेको छ । त्यस्ता मन्त्रीहरूलाई गुटको आवरणमा संरक्षण दिँदा पार्टीको छवि धुमिल हुन्छ’, स्रोत भन्छ, ‘वर्तमान सरकारको गठन नै विशेष अवस्थामा भएकाले गुट वा अन्य आधार नहेरी पदको प्रभावकारिता नै आधार मानेर जो कसैलाई फेर्न तयार रहनुपर्छ भन्ने साझा बुझाइ कांग्रेसमा बनेको छ ।’

Comments

You may also like