34
पाल्पाका माथागढी र रिब्दीकोट गाउँपालिकामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो। दुवै जनाको शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ।
त्यस्तै, माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा उनका परिवारका दुई जना र छिमेकीकी एक छोरी गरी तीन जना बेपत्ता भएका छन्। प्रहरीले बेपत्ताको खोजी जारी राखेको जनाएको छ।

