कालीगण्डकीको बाढीले पर्वतमा ८० घर बगायो

by समतल अनलाइन
33Shares

काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ८० घर बगाएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ गएका थिए। बाढीले ८० घर बगाए पनि मानवीय क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।

अन्य घरसमेत उच्च जोखिममा रहेको जानकारी आएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयवासी तथा उनीहरूका जिन्सी सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै फोन सम्पर्कमा समेत समस्या देखिएको प्रहरीले जनाएको छ।

You may also like