538
काठमाडौं । २०७९ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार प्रदान गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ‘ऐँठन’का लेखक विवेक ओझालाई मदन पुरस्कार र टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार प्रदान गरेका हुन् ।
मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चार–चार लाख रुपैयाँ रहेको छ । गुठीले यसअघि नै मदन पुरस्कार ‘ऐँठन’ लाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ ।