मणिमुकुन्द सेन उद्यानको अधिवेशन : नेतृत्वका लागि चार जनाको दाबी

by समतल अनलाइन
43Shares

बुटवल।मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको अधिवेसनको मिति घोषणा भएसंगै नया नेतृत्वको दाबी शुरु भएको छ । समितिको नेतृत्वका लागि उम्मेदबारहरु भित्रभित्र तयारीमा लागेका छन । आन्तरिक रुपमा अहिलेको समावेशी समितिलाई नै दोहोयाउने दाउमा एउटा तप्का रहेको देखिन्छ । यसैगरि दुई कार्यकाल सचिव पदमा जिम्मेवारी निभाएका महेन्द्र लिगल पनि अध्यक्ष बन्ने दाउमा छन ।

यसैगरि भोज बहादुर बुढाथोकी पनि अध्यक्षमा उठ्ने सोचमा छन । वर्तमान कार्य समितिका अध्यक्ष नेपाल भने महासचिव युबराज घिमिरेलाई अध्यक्ष पदमा अघि सार्दै आफू नै अध्यक्ष हुन यहि कार्य समितिलाई नितन्तरता दिने पक्षमा रहेको एक सदस्यले बताए ।

अघिल्लो अधिवेसनमा सहमतिकै कारण महासचिवको उम्मेदबारीबाट पछि हटेका लिगल यसपटक नेतृत्वमा जाने सोचका साथ तयारीमा छन । वर्तमान नेतृत्व भने लिगललाई अध्यक्ष पद नदिने योजनामा अघि बढेको सुत्रको दाबी छ । अध्यक्ष निर्वाचित भए फुलबारीलाई पर्यटक जोनका रुपमा विकास गर्ने, छुटटै वर्गिकरण गर्ने गरि अलग पहिचान बनाउने योजनासमेत उनले बुनेका छन । पर्यटकिय स्थलका रुपमा ईतिहास र सामरिक महत्वलाई उजागर गर्ने सोचका बनाएको उनले बताए । ‘समग्र बटौलीको पहिचान फुलबारीबाट दिने छ ।’

–उनले भने । कंक्रिटको थुप्रो नबनाएर प्राकृतिक रुपमा अघि बढाउने र प्रकृति पार्कको रुपमा विकास गर्ने सोच बनाएको उनले बताए । मणिमुकुन्द सेन उद्यानमा रहेको भग्नावशेष दरबारको छाँया दरबार बनाउन सके अझ यसको गरिमा बढ्ने देखिन्छ । मिराकल गार्डेनका रुपमा विकास गर्ने गरि सोच बनाएको उनले बताए । समितिको उपाध्यक्ष पदमा महेन्द्र कुमार राजभण्डारी, मिलेन्द्र श्रेष्ठ ईच्छुक देखिएका छन । समितिको सचिव पदमा सिता खनाल, बिमला श्रेष्ठ, त्रिविक्रम बश्याल, बुद्धि थापा, राजु लिगल आकाक्षी देखिएका छन ।

कोषाध्यक्ष पदमा सन्तोष श्रेष्ठ र विष्णु सेन ठकुरी आकाँक्षी रहेका छन । यसैगरि सदस्यमा राजु नेपाल र प्रकाश कुमाल तथा महिला सदस्यमा पबित्रा श्रेष्ठ, सरस्वती पुन, भगवती बस्याल, लक्ष्मी प्रधान, भगवती श्रेष्ठ, बृन्दा आचार्य रहेका छन । असोज ९ गते हुने निर्वाचनमा साढे ५ सय मतदाताहरु रहेका छन ।

You may also like