142
गुल्मीको मदाने गाउँपालिका–४, बाँझकटेरीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा चालकसहित सात जना घाइते भएका छन्।
शनिबार दिउँसो बाँझकटेरीबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशामा हिँडिरहेका पाँच पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा १७ वर्षीय मोटरसाइकल चालक खुमबहादुर सुनार, पछाडि सवार २० वर्षीय माधव सुनार तथा पाँच पैदलयात्री घाइते भएका हुन्।
घाइतेमध्ये कमला विक र एक वर्षीया सविना विक उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

