बुटवल ।जातीय विभेद तथा छुवाछूत विरुद्ध मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीमा प्रदर्शन गरेको छ ।
कार्यक्रममा हाम्रो अभियान जातिय छुवाछूत विरुद्ध हो , छुवाछूत मानवता बिरुवाको अपराध हो,दलित समुदाय माथी भइरहेको उत्पीडन बन्द गर ,दण्डहिनताको अन्त्य गर, दलित अधिकार मानव अधिकार लगायतका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।
शान्ति समाज रुपन्देही शाखाका सभापति कृष्ण प्रसाद भटराई को अध्यक्षतामा भएकोमा प्रदर्शन पछि आयोजित कार्यक्रममा प्रमुख वक्ता निबर्तमान केन्द्रिय सभापती गोबिन्द खनालले सरकारले जातीय छुवाछूत अन्त्यको घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
देशमा अझै पनि दलित समुदायका नागरिकहरू कुनै कुनै माध्यमबाट छुवाछूत तथा जातीय विभेदमा परि रहेको बताउदै मानवअधिकार तथा शान्ति समाजले य हरेक किसिमका विभेद विरुद्ध शसक्त रूपमा देशव्यापी रूपमा आवाज उठाउदै आएको बताउनुभयो ।
ट्रेड युनियन लुम्बिनी प्रदेश सभापति काजिमान श्रेष्ठले जुम्ला दाङ लगायत को घटनाले अहिले २१ औ सताब्दीमा पनि छुवाछूत तथा जातीय विभेदन अन्त्य नहुनु अत्यन्त दुखत भएको भन्दै यस्ता खालका विभेद अन्त्य गर्न कानुनको कार्यान्वयन उचित रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजका सल्लाहकार कृष्ण पराजुली, केन्द्रिय सदस्य डिपी खनाल, पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष संजय सौगात ,प्रेस युनियन केन्द्रिय सदस्य फुलु सुनार,दलित पत्रकार संघ रुपन्देहLका अध्यक्ष टंक सुनार लगायतले जातिय विभेदको अन्यका लागी सोचमा परिबर्तनको आवश्यकता रहेको बताए ।कार्यक्रम समाजका सचिब कृष्ण पाण्डेको संचालन तथा सहसचिव सिता पौडेलको स्वागतमा भएको हो ।








