डि.आर सुजनको मार्मिक शब्दमा चर्चित गायिका शान्तिश्री परियारले गाईन मौलिक तिज गीत “पासो” हेर्नुहोस भिडियो सहित

by समतल अनलाइन
Shares

बुटवल। महिलाहरूको महानपर्व तीज हाम्रो समाजमा भित्र नै लागिरहदा पछिल्लो समयमा धेरै तिज गीतहरु बजारमा आउने क्रम चलिरहेको समयमा चर्चित गायिका शान्तिश्री परियारको आवाजमा रहेको नयाँ नेपाली मौलिक कारूणिक गाथा बोकेको यथार्थपरक तिज गीत “पासो” धुन नेपालको अफिसियल युट्युब च्यानल बाट बजारमा सार्बजनिक भएको छ ।

हाम्रो देशका विभिन्न क्षेत्रमा बाढी पहिरोले पिडित बनिरहेको यो समयमा माइती गाउ बगाए पछीको अवस्थामा तीज पर्व लगायत हाम्रो संस्कृती र परम्परा संगै अाफ्नो माइतीको झल्को आएको बेला तीज पर्वमा अाफ्ना अाफन्तजन भेट्ने चाहना हुदा हुँदै पनि माइती गाउको झल्को मेट्न नपाउदाको पीडा अर्थात् माइतमा कोहि नहुदाको पीडा एउटा पिडित चेलीलाई मात्र थाहा हुने र एउटी नारिले मात्र भोगेकी हुन्छन,हो त्यही भोगेको कथा तथा सन्दर्भ लाई समेटेर सो गित तयनर बनेको छ, यस गीतमा मार्मिक शब्द तथा लय सिर्जना गरेका छन् हरेक विधाका गीतहरु शिर्जाना गर्ने अब्बल कलाकार डि.आर सुजनले भने यस गीतमा आबाज दिइएकाछन् चर्चित गायिका शान्तिश्री परियार र नब गायक हरि बिरहीले ।

हरेक गीतहरु पृथक तरिकाले निर्देशन गर्ने निर्देशक डि.आर सुजनले यस गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् भने रेशम दर्लामीले छयाकन गरेका हुन् । गीतका सर्जक डि.आर सुजन भन्छन – एउटा मौलिक सृजना गरेको छु, हेरौ दर्शक श्रोताहरुलाई कत्तिको मन पर्छ ।

राजेश कुमारले सम्पादन गरेको गीतको म्युजिक भिडियोमा डि.आर सुजन अनिता शर्मा रामचन्द अधिकारि (काजि बा ) मुना शर्मा चन्दा बिडारी गङ्गा देवी रेग्मी निर्मला आचार्य बालकलाकार सुजित रेग्मी रुलोस्ना केसीको उक्त गीतमा अभिनय देख्न्न सकिन्छ ।

हरौ सोही भिडियो:

You may also like

This will close in 0 seconds