620
काँग्रेस नेता एवं सांसद गगन थापाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कार्यकाल सफलताको शुभकमाना दिएका छन् ।
बुधबार मन्त्री नियुक्त भएका भट्टराईलाई ट्विटमार्फत बधाई दिँदै थापाले भट्टराईको कार्यकाल सफलतापूर्वक पूरा होस् भन्ने कामना गरेका छन् । गगनले योगेशको सफलतासँग उनी स्वयं र सत्तारुढ नेकपाको मात्र नभई आफूहरुको पुस्ताको राजनीतिज्ञको आशा र विश्वास जोडिएको उल्लेख गरेका छन् । गगनले योगेशलाई ‘दाई’ सम्बोधन गरेका छन् ।