धारा ७६ (५) हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौं : डा. बाबुराम भट्टराई

by समतल अनलाइन
487Shares

उत्तमले आफै कुरा बुझ्छ, अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन’

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछिको कुरा बझ्नु पर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन : त्यो भन्दा विकसित र परिमार्जित प्रणाली भएकाले सर्वोच्चको आदेशपछिको कुरा बझेर मान्नुपर्ने बताएका छन् ।

भट्टराईले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भनिन्छ– उत्तमले आफै कुरा बुझ्छ, मध्यमले अरूले भनेपछि बुझ्छ, अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन ! सर्वोच्चको आदेश पछि कुरा बुझौं र मानौं : हाम्रो शासकीय प्रणाली परम्परागत संसदीय प्रणाली हैन. त्यो भन्दा विकसित र परिमार्जित प्रणाली हो ।

त्यस्तै धारा ७६९५० विशेष प्रावधान भएको जिकिर गर्दै उनले रोइलो नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छुन्, ‘धारा ७६ (५) हाम्रो विशेष प्रावधान हो ! रोइलो नगरौं !’

You may also like