954Shares

लायन्स क्लव अफ बुटवल क्षितिजको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । क्लवले बार्षिक कार्यक्रम अन्गर्तत तल्लो सिद्धबाबामा बृक्षारोपण गरेको हो ।

बृक्षारोपण कार्यक्रमको लायन्स ३२५ वि २ का पुर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले क्लवलाई सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्दै लायन्स क्षितिजले स्थापनाकालदेखि रचनात्मक कार्य गर्दै आएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा सिद्धबाबा धाम विकास समितिका उपाध्यक्ष कृष्ण तिमिल्सीना, क्लवका रिजन चियर विष्णु प्रसाद बस्याल, जोन चियर प्रसन मिलन कुमार पुन लगाएतले बोलेका थिए । बृक्षारोपण कार्यक्रममा बास, बकाईनो, केसिया सेमिया, खयर र शिरिषका गरी १ सय भन्दा बढि विरुवा बृक्षारोपण गरिएको क्लवका अध्यक्ष फवन लाकौलले जानाकारी दिए ।

क्लबले बिगत ३ बर्षदेखि निरन्तर सोही स्थानमा पहिरो प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै बृक्षारोपण गर्दै आइरहेको छ । त्यसैगरी क्लवले आजै बिहान लक्ष्मिनगर पार्कमा १ सय १० जनाको निस्शुल्क सुगर समेत परिक्षण समेत सम्पन्न गरेको थियो । कार्यक्रम क्वलका द्धितिय उपाध्यक्ष आविश्कार खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

You may also like

This will close in 0 seconds