देशको राजनीतिले कोल्टे फेर्‍यो, अब नयाँ सरकार बन्छ : प्रचण्ड

by समतल अनलाइन
265Shares

कपिलवस्तु। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै नयाँ सरकार बन्ने बताएका छन् ।आज (शनिबार) कपिलवस्तुमा जिल्लास्तरीय प्रशिक्ष तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुलुकको राजनीतिले कोल्टे परेको बताए । उनले भने, ‘हिजोदेखि देशको राजनीति फेरियो कोल्टे फे¥यो, कांग्रेसको निर्णयपछि अब छिट्टै अब नयाँ सरकार बन्छ ।’

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै वैकल्पिक सरकार बनाउन अग्रसरता दिने निर्णय लिएको थियो । प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) ले मधेसविरोधी तत्वसँग साँठगाँठ नगर्न पनि आग्रह गरे । उनले प्रधानमन्त्री केपी ओलीलाई सामन्तवादको एजेण्टको रुपमा टिप्पणी गर्दै उनीबाट विकास र समृद्धि सम्भव नभएको पनि बताए ।

You may also like

This will close in 0 seconds