कुपोषणबाट जोगाउने यी तीन चिज

by समतल अनलाइन
269Shares

बदाम, चना र केरा। सस्तो र सरल रुपमा प्राप्त गर्न सकिने यी तीन चिजले कुपोषित बच्चाको स्वास्थ्यमा सुधारात्मक परिर्वतन ल्याउँछ। यी चिजबाट तयार गरिएको आहारले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनुका साथै शरीरमा हुने लाभदायक जीवाणुको पनि सुरक्षा गर्छ। साथै, बालबालिकाको शारीरिक विकासमा सहयोग पुग्ने गर्छ।

अमेरिकाको वासिङ्टन युनिर्भसिटीका वैज्ञानिकको टोलीले गरेको अनुसन्धानले कुपोषित बालबालिकाका लागि बदाम, चना र केरा लाभदायक रहेको निर्कष निकालेको हो।

बंगलादेशका कुपोषित बालबालिकमा गरिएको अनुसन्धानको नजिताअनुसार शरीरमा रहेका लाभदायक जिवाणुको संख्या बढ्नाले बालबालिकाको हड्डी, दिमाग र समग्र शरीरको विकासमा सहयोग पुगेको पाइएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कुपोषण विश्वभरि नै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ। विश्वभरि १५ करोड बालबालिका कुपोषणबाट प्रभावित छन् भने पाँच वर्षभन्दा कम उमेरमा मृत्यु हुने बालबालिकामध्ये आधाभन्दा धेरै कुपोषित रहेका छन्। कुपोषित बालबालिका अरु सामान्य बालबालिकाभन्दा धेरै कमजोर हुने गर्छन्। सामान्य बालबालिकामा जस्तो लाभदायक जिवाणुको संख्या यिनीहरुमा कम हुन्छ।

शरीरमा राम्रो ब्याक्टेरिया हुन जरुरी
कुपोषित बालबालिकामा अध्ययन तथा अनुसन्धान गरिरहेका रिसर्चर जेफरी गार्डनका अनुसार कुपोषित बालबालिकामा अति नै विस्तारै शारीरिक विकास हुने हुँदा उनीहरुको पाचन नलीमा राम्रो ब्याक्टेरियाको कमी हुन सक्छ।

वैज्ञानिकले बंगलादेशका बालबालिकामा गरेको परीक्षणमा विभिन्न प्रकारको ब्याक्टेरिया पहिचान गरेका थिए। त्यसपछि सोही परीक्षण मुसा र सुँगुरमा गरेर हेर्दा कुनकुन आहारा लिँदा आन्द्रामा महत्वपूर्ण ब्याक्टेरियाको संख्या बढ्ने विषयको अध्ययन गरिएको थियो।

त्यसलगत्तै बंगलादेशका बालबालिकालाई फरकफरक किसिमको अहार दिइएको थियो। आहार लिएपछि ती बालबालिकाको स्वास्थ्यमा पहिलेको तुलनामा सुधार भयो। उनीहरुमा सुधार देखिनुका कारण चना, पिसिएको बदाम र केराको सेवन देखियो।

यी तीन आहारले अन्द्रामा रहने सूक्ष्मजीवको संख्या बढ्ने अनुसन्धानबाट पत्ता लागेको छ। जसले हड्डी, दिमाग र रोग प्रतिरोधक क्षमता बढाउनमा पनि मद्दत हुने मानिएको छ। यो विषेश आहार सस्तो मात्रै नभएर बंगलादेशमा धेरैजसोले खाने पनि गरिन्छ। यो खोजमूलक विषयको बारेमा साइन्स जर्नलमा प्रकाशित भएको थियो।

कुपोषणबाट भएको नोक्सानीको भर्पाइ
वासिङ्टन युनिर्भसिटीका प्रोफेसर जेफरी गार्डन र ढाकाको इन्टरनेसनल सेन्टर फर डायरिया रिसर्चका उनका सहयोगी बताउँछन्, ‘यो अनुसन्धानको लक्ष्य कुपोषित बालबालिकाको स्वास्थ्य सुधार गर्नमा सूक्ष्मजीवको भूमिका पत्ता लगाउनु हो।’

वैज्ञानिक गार्डन भन्छन्, ‘सूक्ष्मजीवहरुले कुन केरा हो र कुन बदाम भनेर छुटउन सक्दैनन्। मात्रै उनीहरुले यी चिजहरुमा भएको भित्री पोषणलाई प्रयोग गर्ने हुन्। यो फर्मूला जनावर र मानवका लागि सबैभन्दा प्रभावकारी रहेका छ। जसले कुपोषणबाट भएको नोक्सान भर्पाइ गर्न सक्छ। धेरै चामल र मुसुरोको दालको आहारा यो केसमा त्यति प्रभावकारी हुँदैन। र, कतिपय अवस्थामा यसले पेटको भित्रको जिवाणुलाई पनि नोक्सान गर्ने गर्छ।’

वैज्ञानिक गार्डनका अनुसार अहिलेसम्म यो स्पस्ट भइसकेको छैन कि, यी तीन आहार किन यति कमयाबी बनेको छ। यसै सन्दर्भलाई लिएर अर्को प्रयास गरिँदैछ, ताकि यो आहारले बच्चाको तौल तथा समग्र स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ। उनी भन्छन्, ‘सूक्ष्मजीवको यो माइक्रोबायोमको असर पेटसम्म सीमित छैन। यसको सम्बन्ध मानवको स्वास्थ्यसँग छ।’

अहिले प्रचलनमा

You may also like

This will close in 0 seconds