काठमाडौं । पश्चिम नेपाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने अझै कायम रहेको छ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो देशभर आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। यस क्रममा हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशभर आंशिक बदली रहने सम्भावना छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ
देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
30
previous post


