34
गुल्मी। गुल्मीको इस्मा गाउँपालिका–६, आपलायमा ट्र्याक्टरको ठक्करबाट घाइते भएका १२ वर्षीय बालक कुञ्जन खत्रीको उपचारका क्रममा मृत्यु भएको छ।
बिहीबार साँझ लु २ त ६१९४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
घटनापछि प्रहरीले ट्र्याक्टर चालक २३ वर्षीय धनबहादुर कुमाललाई नियन्त्रणमा लिएको जनाएको छ।

